Techie IT
२०८२ असोज ८, बुधबार

रास्वपा सांसद सुमना श्रेष्ठले विरोधको सूचना फिर्ता नलिँदै ‘जंगिए’ सभामुख


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले विरोधको सूचना फिर्ता नलिँदै सभामुख देवराज घिमिरे जंगिएका छन् । 

आज (बुधबार) बसेको संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो । 

उक्त विधेयकको प्रस्तावमाथि बैठकमा सांसदहरूबीच सघन छलफल भएको छ । छलफलमा सांसदहरूले विधेयकमा विरोधको सूचना प्रभु साह, राजेन्द्र प्रसाद पाण्डे, प्रेम सुवाल, मिना तामाङ, रूपा सो।शी (चौधरी) चित्रबहादुर केसी, रामकुमार राई, लेखनाथ दाहाल, पूर्णबहादुर घर्ती र सुमना श्रेष्ठले दिएका थिए । 

विधेयक अस्वीकृत गर्न श्रेष्ठले सूचना दिँदै गर्दा सभामुख बेस्सरी जंगिएका थिए । उनले जंगिँदै चर्को स्वरमा भने, ‘माननीय सुमना श्रेष्ठज्यूले विरोधको सूचना फिर्ता लिनुहुन्छ कि हुन्न् ? त्यत्ति कुरा राख्दिन विशेष अनुरोध गर्दछु ।’ त्यसपछि श्रेष्ठले आफूले विरोधको सूचना फिर्ता नलिने भन्दै ‘म लिन्न’ भनिन् । 

त्यसपछि विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी विधेयक सदनमा प्रस्तुत गरेका थिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट