राजावादीको प्रदर्शन– सत्तामा मौन कम्पन, प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौं । गत फागुन २५ मा पोखराको एक महिने भ्रमण सकेर काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भव्य प्रदर्शन भएको छ । राप्रपा, राप्रपा नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आयोजनामा उक्त प्रदर्शन भएको हो ।
पूर्वराजाको स्वागतको निहुँमा वर्तमान सरकार र व्यवस्थाविरु प्रदर्शन गरेको दुई दल र प्रसाईं समूहको जिकिर छ । त्यसयता प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी लगायतका दलहरूले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् भने सत्ताधारी दल कांग्रेस–एमाले मौनजस्तै देखिएको थियो ।
तर, उसले पनि आज बोलाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा यसबारे निर्णय गर्ने सम्भावना देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।
बैठक साँझ ५ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने ओलीको सचिवालयले जनाएको छ । संयन्त्रमा सत्तारूढ दल कांग्रेस–एमालेका शीर्ष नेताहरू छन् ।
पूर्वराजा शाहको स्वागतमा काठमाडौंमा भएको प्रदर्शनबारे संयन्त्रको बैठकमा छलफल हुने बताइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस