Techie IT
२०८२ असोज ८, बुधबार

प्रचण्डको आरोप : पूर्वराजा मूर्ति चोर, वंश मासुवा


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि गम्भीर आरोप लगाएका छन् । 

आज (शुक्रबार) सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा उनले वंश मास्ने र मूर्ति चोर्नेहरूले धाक लगाउन नमिल्ने बताएका छन् ।

‘२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्याए, नेपाली जनताले बिर्सिएको छ ? मूर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा ? भाइमारा को हो ?,’ उनले भने, ‘आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिएको भन्ठानेको ?’

प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गर्न चाहेको सुनाए । आफूले पूरा कार्यकाल प्रधानमन्त्री बन्न पाएको भए दरबार हत्याकाण्डको छानबिन निचोडमा पुर्याउने बताएका छन् । 

प्रचण्ड राजतन्त्र र संसदीय व्यवस्थाविरुद्ध १० वर्षे सशस्त्र संघर्षमै हुँदा २०५८ जेठ १८ गते रहस्मय दरबार हत्याकाण्ड भएको थियो । उक्त काण्ड हालसम्म रहस्यको गर्भमै छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट