Techie IT
२०८३ जेष्ठ १३, बुधबार

आर.आर. क्याम्पसमा चैत्र १६ गते स्ववियु चुनाव हुने


काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आर.आर.) क्याम्पसमा स्वतन्त्र विधार्थी युनियन (स्ववियु) को चुनाव यही चैत्र १६ गते हुने भएको छ । 

यसअघि फर्जी परिचयपत्र वितरण गरिएको भन्दै अनेरास्ववियु र अनेरास्ववियूले संयुक्त रुपमा क्याम्पसमा तालाबन्दी गरेका थिए । उनीहरूले क्याम्पस प्रशासन र कर्मचारीसँग मिलेमतोमा नियोजित रूपमा फर्जी कार्ड वितरण गरिएको आरोप लगाएका थिए। सोही कारण चैत्र ५ गतेका लागि तय गरिएको स्ववियु निर्वाचन स्थगन गरिएको थियो ।

तर हिजो बसेको सर्वदलीय बैठकपछि पुनः निर्वाचनको मिति तय गरिएको हो । उक्त बैठकमा क्याम्पस प्रशासनसहित विभिन्न विधार्थी संगठनका प्रतिनिधिहरू सहभागी थिए। बैठकपछि जारी विज्ञप्तिमार्फत आर.आर. क्याम्पस प्रशासनले चैत्र १६ गते निर्वाचन गरिने जानकारी दिएको हो।

यस निर्णयसँगै क्याम्पसमा चुनावको सरगर्मी फेरि बढ्न थालेको छ । विभिन्न विद्यार्थी संगठनहरू आ-आफ्नो उम्मेदवार चयन र प्रचारप्रसारमा जुटेका छन्। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट