Techie IT
२०८३ असार २७, शनिबार

गृहमन्त्रीद्वारा नेकपा एसको कार्यालय निरीक्षण


गृहमन्त्री रमेश लेखकले शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा भएको तोडफोड एवं क्षतिको निरीक्षण गरेका छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले क्षतिबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए । त्यस अवसरमा उनले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आजै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत नेताहरूले उक्त पार्टीको कार्यालयमा भएको क्षतिबारे जानकारी लिइसकेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट