Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा सशस्त्र प्रहरीको कटौती


 सशस्त्र प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएका १० जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ । डिएसपीको कमाण्डमा रहेका २५ जना सशस्त्र प्रहरीको टोलीबाट १० जनालाई हटाएर १५ जनामा मात्र कटौती गरिएको हो ।

सशस्त्र प्रहरीका एक उच्च अधिकारीले भने, "केही दिनमा अर्को निर्णय हुने छ," भनेको छ । सरकारले पूर्वराजाको हैसियतमा दिइएका सबै सुविधामा कटौती गर्न थालेको सन्देशका रूपमा यो निर्णय लिइएको देखिन्छ ।

नारायणहिटी राजदरबारबाट हटेपछि नेपाल सरकारले पूर्व राजपरिवारलाई आवास सुविधा उपलब्ध गराएको थियो । जसअन्तर्गत नागार्जुन दरबार सरकारले उपलब्ध गराएको हो भने निर्मल निवास भने पूर्व राजा ज्ञानेन्द्रको निजी आवास हो ।

यसैबीच, सरकारले पूर्व राजपरिवारका सदस्यहरूको सुरक्षाका लागि सशस्त्र प्रहरीका १ सय ५५ जना सुरक्षाकर्मी खटाएको थियो । जसमा तीनवटा सवारी साधन र इन्धनसमेत उपलब्ध गराउदैँ आएको छ ।

परिवारका सदस्यहरूलाई खटाइएको टोलीलाई पनि फिर्ता गरिएको छ। ‘परिवारका सदस्यलाई दिएको सुरक्षा दुई दिनभित्र सशस्त्रको कार्यदलमा हाजिर हुने छन्,' सशस्त्र प्रहरी बल मुख्यालय स्रोतले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट