Techie IT
२०८३ असार २३, मंगलबार

देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापना गरिदैं


म्याग्दीको मङ्गला शिक्षा क्याम्पसले ग्रामीण क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षा गाउँमै उपलब्ध गराउने उद्देश्यले देउसी खेलेर अक्षय कोष स्थापनाको पहल गरेको छ। 

मङ्गला गाउँपालिकाको बाबियाचौर लाम्पाटामा बुधबार आयोजित देउसीभैलो कार्यक्रमबाट रु दुईलाख ७५ हजार सङ्कलन भएको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले जानकारी दिएका छन्। 

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले क्याम्पसमा नियमित आयस्रोतको अभावमा शिक्षकहरूको तलब व्यवस्थापनमा समस्या आइरहेकाले देउसी कार्यक्रममार्फत कोष बढाउन गरिएको प्रयास सराहनीय रहेको बताए । साथै, पालिकाको तर्फबाट क्याम्पसलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता अध्यक्ष रोकाले व्यक्त गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट