Techie IT
२०८२ श्रावण ४, आइतबार

दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने


वैज्ञानिकहरूले दुई सेतो बौना ताराहरूको दुर्लभ जोडी पत्ता लगाएका छन्, जुन पृथ्वीबाट केवल १५० प्रकाश वर्ष टाढा रहेको छ। आउँदो अर्बौं वर्षमा यी दुई तारा आपसमा ठोक्किएर अत्यन्त शक्तिशाली टाइप वान ए सुपरनोभा विस्फोटमा परिणत हुनेछन्।

यो विस्फोट यति उज्यालो हुनेछ कि चन्द्रमाभन्दा १० गुणा बढी प्रकाश उत्सर्जन गर्नेछ र केही क्षणका लागि सम्पूर्ण आकाशगंगालाई चम्काउनेछ। वैज्ञानिकहरूले यो खोज अप्रिल ४ मा 'नेचर एस्ट्रोनोमी' जर्नलमा प्रकाशित गरेका छन्।

दुबै तारा एकअर्कातर्फ तानिँदै गइरहेका छन्। तिनीहरूको संयुक्त पिण्ड सूर्यको तुलनामा १.५६ गुणा बढी छ। हाल ती ताराहरू १४ घण्टामा एकपटक परिक्रमा गर्छन्, तर २३ अर्ब वर्षपछि ठोक्किएपछि परिक्रमा गति ३०–४० सेकेन्डमा झर्नेछ।

टाइप वान ए सुपरनोभा यस्तो विस्फोट हो, जुन सेतो बौना ताराले आफ्नो सहयात्री ताराबाट अत्यधिक द्रव्यमान तानेर अन्ततः टक्कर गर्दा हुन्छ। यस्ता विस्फोटहरू हाम्रो मिल्की वे ग्यालेक्सीमा हरेक ५०० वर्षमा एकपटक हुने विश्वास गरिएको छ।

चार चरणमा हुनेछ विस्फोट

वैज्ञानिकहरूको विश्लेषणअनुसार यो विस्फोट चार चरणमा हुनेछः

पहिलो चरण – एउटा ताराले अर्कोबाट द्रव्यमान तानेर सतही विस्फोट हुनेछ।

दोस्रो चरण – पहिलो ताराको केन्द्र (कोर) विस्फोटित हुनेछ र पदार्थ चारैतिर फैलिनेछ।

तेस्रो र चौथो चरण – फैलिएको पदार्थ दोस्रो तारासँग ठोक्किनेछ र फेरि विस्फोट हुनेछ।

अन्तिम चरण – अन्ततः दुबै ताराहरू पूर्ण रूपमा नष्ट भई उज्यालो सुपरनोभामा परिणत हुनेछन्।

यो विस्फोटको शक्ति मानवले बनाएको शक्तिशाली आणविक बमको तुलनामा हजार ट्रिलियन गुणा बढी हुने अनुमान गरिएको छ।

यो विस्फोट पृथ्वीबाट अत्यन्त टाढा र २३ अर्ब वर्षपछि हुने भएकाले हामीलाई प्रत्यक्ष कुनै असर नपर्ने वैज्ञानिकहरू बताउँछन्। तर, आकाशमा यो बृहस्पतिभन्दा करिब २ लाख गुणा बढी चम्किलो देखिनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट