Techie IT
२०८२ भाद्र १९, बिहीबार

बहुविवाहसम्बन्धी कानुनको विरोधमा बिनु यादवको आमरण अनशन


सरकारले बहुविवाह गर्न पाउने कानुनी प्रावधान ल्याउन लागेको भन्दै आफूलाई घरेलु हिंसापीडित बताउने बिनु यादवले काठमाडौंको माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेकी छन्।

सेतो सारीमा अनशनमा बसेकी यादवले विगत सात वर्षदेखि न्यायको लागि संघर्षरत रहेको बताउँदै भनिन्, “सरकारले ल्याउन लागेको बहुविवाहसम्बन्धी कानुनले अझ धेरै महिला हिंसाका शिकार बन्नेछन्।”

उनले बहुविवाह गर्न छुट दिने गरी तयार पारिएको कानुनी मस्यौदा तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन्। सरकारले तयार गरेको मस्यौदामा, यदि विवाहित पुरुष र अर्की महिलाबीचको सम्बन्धबाट गर्भ रहन्छ वा बच्चा जन्मिन्छ भने दोस्रो विवाह वैधानिक रूपमा मान्यता पाउने प्रावधान राखिएको छ।

उक्त प्रस्तावित कानुनविरुद्ध आवाज उठाउँदै यादवले आमरण अनशन सुरु गरेकी हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट