Techie IT
२०८२ भाद्र ३१, मंगलबार

पानीमा डुबेर दुईजनाको मृत्यु


सांकेतक फोटो

काठमाडौं, २३ असोज

आज पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ। 

बारा, जितपुर सिमरा उपमहानगरपालिका-१० बेहरा टोलस्थित राम जानकी मन्दिर नजिकै रहेको एलानी जग्गामा जमेको पानीमा डुबेर सोही ठाउँ बस्ने राम बाबु महतोको छोरा १० वर्षीय सागर महतोको मंगलबार दिउँसो मृत्यु भएको छ ।  नुहाउने क्रममा डुबेर अशक्त भएका उनको वीरगंज हेल्थ केयर पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङ, दंगिशरण गाउँपालिका-४ बैबाङस्थित बबइ नदीमा डुबेर सोही गाउँपालिका-१ बस्ने नरेश खड्काको छोरा ९ वर्षीय पुस्कर खड्काको मंगलबार दिउँसो  मृत्यु भएको छ । पुस्कर र सोही ठाउँ बस्ने कविराम पुनको छोरा ९ वर्षीय तारा पुन उक्द नदीमा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हेकुलीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा पुस्करको शव फेला परेको हो । साथै प्रहरीले ताराको सकुसल उद्दार गरेको बताएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट