Techie IT
२०८३ भाद्र १६, मंगलबार

नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के वैकल्पिक मार्गको प्रयोग


काठमाडौँबाट बाहिरिने र भित्रिने सवारीको चापलाई कम गर्न नागढुङ्गा–नौबिसे सडकको सट्टामा सीतापाइला–धार्के सडकलाई वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याउन थालिएको छ। दसैँको अवसरमा काठमाडौँ छोड्ने यात्रुहरूको भीड र नागढुङ्गा–नौबिसे सडकमा देखिने जामका कारण अधिकांश साना सवारी साधनहरू (जस्तै, हाइस, जिप, कार) यस मार्ग भएर यात्रा गरिरहेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गाको भीड छल्न यो मार्गलाई उपयुक्त विकल्पको रूपमा स्वीकार गरेको छ।

धार्के–सीतापाइला मार्ग २४ किलोमिटर लामो छ, जो सीतापाइला, रामकोट, भीमढुङ्गा, र महेशफाँट हुँदै धार्केसम्म जोडिएको छ। हालै सरकारद्वारा काठमाडौँतर्फको पाँच किलोमिटर खण्डमा विस्तारको काम सुरु भएको छ, जसले नागढुङ्गा–नौबिसे मार्गको ट्राफिक जाम कम गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालका अनुसार यो मार्गको स्तरोन्नति र कालोपत्रे कार्य छिट्टै सम्पन्न गरिने योजना छ। उक्त मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कुवेत सरकारको सहयोगमा लगभग १५ करोड रुपैयाँ खर्चमा तयार पारिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट