Techie IT
२०८२ कार्तिक ७, शुक्रबार

सुन्दरीजलमा पौडी खेल्ने युवकको शव फेला


सांकेतिक

काठमाडौं, ८ भदौ । काठमाडौंको सुन्दरीजलमा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार आइतबार बिहान करिब पौने ९ बजेतिर गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित बोक्सी दह नजिकै ढुंगाको कापमा शव फेला परेको हो।

मृतक संखुवासभा खाँदबारी नगरपालिका–११ घर भई हाल ललितपुर बस्ने २० वर्षीय अभिषेक राई भएको प्रहरीले जनाएको छ।

शनिबार सुन्दरीजल नजिकैको बागमती खोलामा पौडी खेल्ने क्रममा राई डुबेर बेपत्ता भएका थिए। त्यसपछि प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले खोजी गरे पनि उनलाई तत्काल फेला पार्न सकेका थिएनन्।

आइतबार बिहान पुनः सुरु गरिएको खोजीका क्रममा उनको शव दह नजिकै भेटिएको हो। शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट