Techie IT
२०८३ जेष्ठ १, शुक्रबार

बीपी राजमार्गमा राति यात्रुवाहक गाडी चलाउन निषेध


बीपी राजमार्गमा राति यात्रुवाहक सवारी सञ्चालन गर्न रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकले आइतबार गरेको निर्णय अनुसार भदौ मसान्तसम्म साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन नपाइने भएको हो।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार गत वर्षको वर्षात्ले क्षतिग्रस्त बनाएको सडक, कमजोर भौगोलिक अवस्था र मनसुन अझै सक्रिय रहेको कारण राति सवारी सञ्चालन जोखिमपूर्ण भएकाले निषेधाज्ञा जारी गरिएको हो।

निर्णयअनुसार काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने निजी तथा सार्वजनिक यात्रुवाहक गाडीलाई रोक लगाइनेछ। विशेषगरी काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड बढी जोखिमयुक्त भएकाले यो निर्णय गरिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट