Techie IT
२०८२ भाद्र १८, बुधबार

किन रोकियो कबाड व्यवसायीहरूको आन्दोलन ?


काठमाडौं । काठमाडौं महानगरपालिकाले बेवास्ता गरेपछि कबाड व्यवसायीहरूले थालेको आन्दोलन रोकिएको छ। कबाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले अब नयाँ ढंगले आन्दोलन गर्ने तयारी भइरहेको बताएका छन्।

“महानगरले सुनुवाइ गरेन। अब नयाँ आन्दोलनका लागि मोडालिटी तयार हुँदैछ। छलफल भइरहेको छ,” गुप्ताले भने। महानगरले लामो समयदेखि काठमाडौंभित्रका कबाड व्यवसाय सञ्चालन गरिरहेका टहरामाथि डोजर चलाउँदै आएको छ। सोही कदमको विरोधमा व्यवसायीहरूले भदौ ९ गतेदेखि आन्दोलन थालेका थिए।

व्यवसायीहरूले महानगरले दुई वर्षदेखि गुन्डागर्दी शैलीमा व्यवहार गर्दै आएको, कुटपिट गर्ने, व्यवसायिक संरचना भत्काउने, मजदुरको साइकलसम्म जफत गर्ने आरोप लगाएका छन्। सर्वोच्च अदालतको आदेशलाई अवज्ञा गर्दै तोडफोड गरिएको दाबीसमेत उनीहरूको छ।

महानगरले भने आवासीय क्षेत्रभित्र रहेका सबै कबाड व्यवसाय हटाउने नीति लिएको छ। महानगर प्रहरी प्रमुख राजु पाण्डेले बाह्रखरीसँगको कुराकानीमा कार्यपालिका बैठकको निर्णयअनुसार व्यवसाय हटाइएको भन्दै कबाड व्यवसायीसँग थप वार्ता वा सहमति नहुने स्पष्ट पारेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट