Techie IT
२०८३ असार २७, शनिबार

अमेरिकाबाट १९ नेपाली डिपोर्ट, त्रिभुवन विमानस्थलमा स्वागत


अमेरिकाले १९ नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। बिहीबार बेलुकी ७ बजे उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छोडिएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अन्जन न्यौपानेले जानकारी दिएका छन् ।

डिपोर्ट भएका व्यक्तिहरूमध्ये २ जना महिला र १७ जना पुरुष छन्। न्यौपानेका अनुसार अमेरिकी अध्यागमनसम्बन्धी कानुनको उल्लंघन गरेको कारणले उनीहरूलाई डिपोर्ट गरिएको हो।

डिपोर्ट भएका नेपालीहरूलाई प्रहरीसँगको समन्वयमा विमानस्थलमै छाडिएको थियो। तर, उनीहरूलाई छोड्नु अघि नेपाल प्रहरीको मानव वेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ गर्ने छ। प्रवक्ता न्यौपानेका अनुसार, “डिपोर्ट भएकाहरूले दलालबाट ठगीको शिकार भएका हुनसक्ने भएकाले सोधपुछ पछि मात्र उनीहरूलाई पूर्ण रूपमा छोडिन्छ। कुनै उजुरी आएमा प्रहरीले दलालविरुद्ध अनुसन्धान गर्नेछ।”

यसअघि अमेरिकाले गत जेठ महिनामा पनि ३७ जना नेपाली नागरिकलाई डिपोर्ट गरिसकेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट