Techie IT
२०८२ पौष ४, शुक्रबार

प्रचण्डकी छोरी गंगा दाहालको घरमा आगजनी


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालको घरमा जेनजी युवाहरूले आगजनी गरेका छन्। ललितपुर महानगरपालिका–२६, सुनाकोठीमा रहेको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

प्रदर्शनकारीहरूले घरभित्र रहेको बीवाईडी गाडीमा समेत आगो लगाएका छन्। सोमबार प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा १९ जनाको मृत्यु र ४०० भन्दा बढी घाइते भएपछि युवा मंगलबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन्।

उनीहरूले शीर्ष नेताका घर, पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी गर्दै प्रदर्शन जारी राखेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट