त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेको थाई लायन एयरको विमान लखनऊ डाइभर्ट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेको थाई लायन एयरको विमान भारतको लखनऊमा डाइभर्ट गरिएको छ।
विमानस्थल कार्यालयका अनुसार, काठमाडौंमा ‘मिस एप्रोच’ भएकाले जहाज अवतरण गर्न नसकेको हो। ‘टीएलएम २२०’ उडान नम्बरको यो विमान थाइल्यान्डको बैंककबाट काठमाडौं आइरहेको थियो।
विमान ‘मिस एप्रोच’मा परेपछि पाइलटले सावधानीपूर्वक विमानलाई पुनः सुरक्षित दिशातर्फ मोड्दै लखनऊमा अवतरण गराएका हुन्। सामान्यतया अवतरणका बेला आवश्यक तयारी पूरा नभए धावनमार्गमा सीधा प्रवेश गर्नुअघि पाइलटले ओभरसुट गरी विमानलाई सुरक्षित उचाइमा लैजाने प्रावधान हुन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस