Techie IT
२०८२ माघ १५, बिहीबार

पत्रकार दीपेन्द्र खनियाँ मृत अवस्थामा फेला


पत्रकार दीपेन्द्र खनियाँ काठमाडौँ महानगरपालिका–१० बानेश्वरस्थित थापागाउँमा रहेको आफ्नो बसोबासको घरमा मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार खनियाँ घरको बारान्डाको रेलिङमा झुन्डिएको अवस्थामा भेटिएका हुन्।

खनियाँ रेडियो अडियोका सञ्चालक हुन्। उनका एक श्रीमती र एक छोरी छन्। प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

परिवारका सदस्यहरूका अनुसार उक्त घर खनियाँले गत फागुनमै बिक्री गरेका थिए।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट