Techie IT
२०८२ माघ १५, बिहीबार

कांग्रेस नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन


नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको उपचारका क्रममा निधन भएको छ। काठमाडौँस्थित ह्याम्स अस्पतालमा शनिबार साँझ उपचारकै क्रममा उनको निधन भएको कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले जानकारी दिए।

उपाध्याय लामो समयदेखि मुखको क्यान्सरबाट पीडित थिए। उनले २०५६ सालमा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

पटक–पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेका उपाध्याय मोरङबाट प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दै सांसदसमेत भएका थिए।

उनको निधनप्रति कांग्रेसले शोक व्यक्त गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट