Techie IT
२०८३ असार ३१, बुधबार

अविरल वर्षाले देशभर यी सडकमार्गहरु अस्तव्यस्त


देशभर जारी अविरल वर्षाका कारण बाढी र पहिरोले विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।

कोशी प्रदेशमा इलामको राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग र उदयपुरको कटारी खण्डस्थित सिद्धिचरण लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। मेची राजमार्गका लागि भने वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। यस्तै, भोजपुरमा पर्ने मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको छ।

बागमती प्रदेशमा वर्षाको प्रभाव सबैभन्दा बढी देखिएको छ। मकवानपुरको भीमफेदी र हेटौँडा–ठिङ्गन खण्डमा पर्ने कान्ति लोकपथका दुई स्थानमा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी–कोदारी खण्डस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। साथै, सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रे खण्डको बीपी राजमार्गमा सवारी साधन सञ्चालन अस्थायी रूपमा रोकिएको छ।

लुम्बिनी प्रदेशअन्तर्गत अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। गुल्मीको कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो गएकाले सडक एकतर्फी रूपमा मात्रै सञ्चालन भइरहेको छ।

गण्डकी प्रदेशमा कास्कीको नयाँपुल–घान्द्रुक सडक र बागलुङस्थित मध्यपहाडी लोकमार्गमा पहिरो खसेपछि सवारी साधन एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्। कर्णाली प्रदेशको जाजरकोट–डोल्पा सडक खण्ड पनि पहिरोका कारण एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको नेपाल प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट