ठिमीमा सिलिन्डर बोकेर लाइनमा बसे उपभोक्ता
काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव कायमै छ। सरकारले तोकिएका विभिन्न बिक्री केन्द्रमार्फत ग्यास उपलब्ध गराउने घोषणा गरेसँगै उपभोक्ताहरू बिहानैदेखि सिलिन्डर बोकेर लामो लाइन बस्न बाध्य भएका छन्। यसले आमनागरिकले ग्यासको सास्ती खेप्नुपरेको यथार्थ प्रष्ट्याउँछ।
आज बिहान मध्यपुर ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्र परिसरमा नेपाल, एचपी, सूर्य, सागर, एभरेस्ट र सुगम लगायतका ब्रान्डका ग्यास बिक्री गरिने सुचना पाएपछि सर्वसाधारण सिलिन्डरसहित लाइनमा बसेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस