Techie IT
२०८३ भाद्र ७, आइतबार

उडिरहेको जहाजभित्र मात्तिएकी महिलाले जब कपडा खोलिन्


उडिरहेको जहाजभित्र एक महिला यात्रीले मदिराको नशामा लत्ताकपडा खोलेर अभद्र व्यवहार प्रदर्शन गरेकी छिन्। बेलायतबाट अस्ट्रेलियातर्फ जाँदै गरेको खचाखच भरिएको विमानमा ३० वर्षीया सराह पार्करले गरेको यो हर्कतले यात्रुहरूलाई स्तब्ध बनाएको थियो।

गत जुलाई २४ मा बर्मिंघमबाट अस्ट्रेलियाको मेलबर्नका लागि उडेको विमानमा यो घटना घटेको हो। बर्मिंघम विमानस्थलबाट विमानले टेकअफ लिनासाथ पाइलटको निर्देशनलाई बेवास्ता गर्दै पार्कर सीटबाट उठेर शौचालय जान खोजेकी थिइन्। सोही क्रममा उनले विमानको बीचको गल्लीमा सबै यात्रुहरूले देख्ने गरी आफ्ना भित्री वस्त्रहरू खोलेर अश्लील व्यवहार प्रदर्शन गरेको अदालतमा खुलेको छ।

वेस्ट योर्कशायरको ह्यालिफ्याक्स निवासी पार्करले म्यानचेस्टर मजिस्ट्रेट अदालतमा उपस्थित भई ‘सार्वजनिक शिष्टाचार विरुद्धको कार्य’ गरेको कसूरमा आफ्नो दोष स्वीकार गरेकी छिन्। अदालतमा पेस गरिएको अभियोग पत्रमा उनले विमानभित्र मदिरा सेवन गरी मात्तिएको र पाइलटको कानुनी आदेश पालना नगरेको समेत स्वीकार गरेकी छन्।

यस मुद्दामा सुनुवाइ गर्दै जिल्ला न्यायाधीश साइमन ब्लेकब्रोले यात्रुहरूले भरिएको उडिरहेको विमानमा यसरी आफूलाई प्रदर्शन गर्नु निकै गम्भीर अपराध भएको टिप्पणी गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट