Techie IT
२०८३ भाद्र २३, मंगलबार

ग्राहक लाई लुट्दै नेपाल टेलिकम


तपाईंले पक्कै नेपाल टेलिकमको सिम चलाउनु हुन्छ होला । नेपाल टेलिकमको सिम बाट डाटा खरिद गरेर इन्टरनेट चलाइरहनु भएको छ भने ख्याल गर्नुहोस् तपाईंले खरिद गरेको डाटा प्याकेज चलाईरहदाँ तपाई लाई डाटा प्याकेज सकिएको न म्यासेज आउँछ न त कुनै नोटिभिकेसन । कुनै जानकारी विना नेपाल टेलिकमले डाटा प्याकेज सकिसकेपछि पनि मेन ब्यालेन्स बाट ग्राहको सिममा जति पैसा छ त्यो पुरै सकिने बेला सम्म इन्टरनेट चलिरहन्छ । ग्राहक आफ्नो डाटा प्याकेज बाटै नेट चलाइरहेको सम्झेर ढुक्कले नेट चलाउँछन् तर ग्राहकको खातामा रु. १,००० रुपैँया ब्यालेन्स भए पनि विना जानकारी सबै पैसा काटिसकेपछि मात्र जानकारी हुने गरेको समस्या आम रुपमा देखा परेको छ । 

ग्राहकको जानकारी विना मेन ब्यालेन्स बाट पैसा काटिनु यो लुट सरहको मानिन्छ । कुनै पनि सेवा प्रदायक कम्पनीले ग्राहकको पैसा कुन कुन शीर्षकमा काटियो भनेर सुचित गर्नु सेवा प्रदायकको कर्तव्य हो बने त्यो सुचना पाउनुु ग्राहकको अधिकार हो । नेपाल टेलिकमले ग्राहको संवेदनशीलता लाई ख्याल गरेको छैन । गैर कानुनी तरिकाले ग्राहकको पैसा लुटिरहेको आम जनगुनासो रहेको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट