विश्व बैंकले नेपाललाई बजेटरी सहयोग बढाउने
विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहयोग बढाउने भएको छ । आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयोग बढ्ने जानकारी गराएका हुन् ।
सो अवसरमा उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार तथा रोजगारी वृद्धि जस्ता क्षेत्रमा सुधार गर्न सुझाव दिए । नेपालले गत आर्थिक वर्षमा विश्व बैंकबाट २० करोड ५० लाख अमेरिकी डलर बराबरको बजेटरी सहयोग प्राप्त गरेको थियो ।
जवाफमा अर्थमन्त्री पौडेलले सरकार स्थायी भएसँगै लगानीका लागि अनुकूल वातावरण बनेको बताउँदै समयमै आयोजना सम्पन्न गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाए ।



तपाईको प्रतिक्रिया दिनुहोस