Techie IT
२०८२ भाद्र २५, बुधबार

सोलुखुम्बुमा भीषण बाढीले घर र होटल बगायो


तस्वीरः अन्जु कार्की/रासस

सोलुखुम्बुमा भीषण बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेका तीनवटा घर र एउटा होटल बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । अरु ५ वटा घर पनि जोखिममा रहेका छन् । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट शुक्रबार दिउँसो आएको भीषण बाढीमा परेका मानिसहरु लगायत पशुचौपायको सुरक्षाकर्मीहरुले गद्धार गरिरहेका छन् । 

 

हिमताल फुटेको हल्ला आएपनि त्यसको पुष्टि भइनसकेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन् । उनका अनुसार घटनास्थल क्षेत्रमा पानी परिरहेकोले बाढी आएको हुन सक्ने अनुमान छ । बाढीले गरेको क्षतिको पूर्ण विवरण आइसकेको छैन ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट