Techie IT
२०८३ वैशाख २२, मंगलबार

सरकारले महिला राष्ट्रिय भलिबल खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने


सरकारले काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओलाई जनही १ लाख २० हजार दिने निर्णय गरेको हो।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमा सम्पुर्ण खेलाडीहरुलाई धन्यवाद दिदै हिजो बसेको मन्त्रिपरिषद बैठकले काभा वुमन्स नेसन्स भलिबल लिग २०२४ मा सहभागी १४ जना नेपाली खेलाडीलाई सम्मान स्वरुप जनही ३ लाख रुपैयाँ, मुख्य प्रशिक्षकलाई दुई लाख रुपैयाँ तथा व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही एक लाख २० हजार रुपैयाँ दिने निर्णय गरेको पोष्टमा लेखेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट