Techie IT
२०८३ असार ३२, बिहीबार

मौसमको खराबीका कारण आन्तरिक उडान स्थगित


नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खराब मौसमका कारण आज साँझ ७ बजेदेखि भोलि बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडानहरू स्थगित गरेको छ। निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर भएकोले उडान सुरक्षित नभएकाले यो निर्णय गरिएको हो।

क्यानले यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न मौसममा सुधार नआएसम्म उडान स्थगित गर्ने निर्णय गरेको जानकारी दिएको छ। मौसममा सुधार आएपछि मात्रै आन्तरिक उडानहरू पुनः सञ्चालनमा आउने छन्।

यस निर्णयले आन्तरिक यात्रुहरूको यात्रामा असुविधा हुन सक्ने भए पनि यात्रुको सुरक्षा प्रथमिकतामा राखेर यो कदम चालिएको हो।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट