Techie IT
२०८२ असोज १, बुधबार

निजी सम्पत्ति बेचेर बचत कर्ताहरूको रकम फिर्ता गर्छु - सहकारी ठग मेयर नेपाली


सहकारी ठगी अभियोगमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसँग जिल्ला अदालत बागलुङले सोमबार बयान लिएको छ। मेयर नेपालीले बागलुङ र पोखरामा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाबाट २ अर्ब रुपैयाँ भन्दा बढी अपचलन गरेको आरोपमा अदालतसमक्ष उपस्थित भएका हुन्।

मेयर नेपालीले निजी सम्पत्ति बेचेर बचतकर्ताहरूको रकम फिर्ता गर्ने बताएका छन्। यसअघि पनि उनले निजी सम्पत्ति बेचेर बचत फिर्ता गर्ने कुरा संसदीय छानबिन समितिलाई लिखित रूपमा जानकारी गराइसकेका थिए।

नेपालीलाई भारतको दिल्लीबाट पक्राउ गरी आइतबार बागलुङ ल्याइएको थियो। बयानपछि मंगलबार उनलाई कारागार पठाउने वा तारेखमा रिहा गर्नेबारे थुनछेक बहस हुने छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट