पहिलो हाफमा नेपालको पोष्टमा उत्तर कोरियाको ५ गोल

एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत नेपाल र उत्तर कोरियाबीचको खेल जारी रहेको छ ।
खेलको पहिलो हाफमा उत्तर कोरियाले ५-० गोलले अगाडी रहेको छ । खेलमा उत्तर कोरिया नेपालमाथि पूर्णरुपमा हावी भएको छ । उत्तर कोरियाले यसअघि साउदी अरेबियालाई १५-० ले र भुटानलाई १०-० गोलले पराजित गरेको थियो ।
त्यस्तै नेपालले पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो भने साउदी अरेबियालाई १-० गोलले पराजित गरेको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस