Techie IT
२०८२ श्रावण ३१, शनिबार

नेपाल उत्तर कोरियासँग ११–० ले पराजित


एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी उत्तर कोरियासँग ११–० को फराकिलो अन्तरले पराजित भएको छ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा उत्तर कोरियाले पहिलो हाफमा ५ गोल र दोस्रो हाफमा ६ गोल गरेको हो।

समूहका सबै तीन खेल जितेको उत्तर कोरियाले ९ अंक जोडेर समूह विजेता बन्दै अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–२० महिला एसियन कपमा स्थान बनाएको छ। साविक विजेता समेत रहेको उत्तर कोरियाले छनोट चरणमा जम्मा ३६ गोल गर्दै कुनै गोल बेहोर्नु परेन।

यो नेपालका लागि छनोटमा पहिलो हार हो। तीन खेलबाट ४ अंक मात्र जोड्न सकेको नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना यस हारसँगै समाप्त भएको छ।

नेपालले यसअघि पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरेबियालाई १–० ले हराएको थियो।

छनोट प्रणाली अनुसार ८ समूहका विजेता सिधै अन्तिम चरणमा पुग्नेछन् भने उपविजेतामध्ये उत्कृष्ट ३ टोली पनि छनोट हुनेछन्। तर ५ समूहमा दोस्रो हुने टोलीको अंक ६ भइसकेकाले नेपालको उत्कृष्ट दोस्रो भएर छनोट हुने सम्भावना पनि समाप्त भएको हो।

नेपालले भुटान र साउदीलाई हराउँदै उत्तर कोरियासँग बराबरी खेल्दै अन्तिम चरणमा पुग्ने लक्ष्य राखेपनि त्यसमा सफल हुन सकेन।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट