Techie IT
२०८२ श्रावण २८, बुधबार

पाकिस्तानलाई २०२ रनले हराउँदै वेस्ट इन्डिजले जित्यो एक दिवसीय सिरिज


वेस्ट इन्डिजले पाकिस्तानविरुद्धको एक दिवसीय सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई २०२ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको २९५ रनको लक्ष्य पछाएको पाकिस्तानले २९.२ ओभरमा अल आउट हुदै केवल ९२ रन बनाएको थियो ।

पाकिस्तानका लागि सलमान आघाले २० र मोहमद नवाजले २३ रन बनाएका थिए । त्यसैगरी पाकिस्तानको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा वेस्ट इन्डिजका बलर जयडेन सील्सले सर्बाधिक ६ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुमाउदै २९४ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कप्तान शाइ होपले १२० रनको शतकीय पारी खेलेका थिए भने जस्टिन ग्रीभ्सले अविजित ४३ रन बनाएका थिए ।

यो जितपछि वेस्ट इन्डिजले ३ खेलको सिरिज २-१ ले जितेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट