Techie IT
२०८३ असार २५, बिहीबार

टप एन्ड टी-२० सिरिज : नेपाल बंगलादेश ‘ए’ सँग आज दोस्रो खेलमा भिड्दै


अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ।

डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ। नेपाली टोलीको कप्तान रोहित पौडेल छन् भने बंगलादेश ‘ए’को कप्तान नुरुल हसन रहेका छन्।

दुवै टोलीले आफ्नो पहिलो खेलमा पराजय भोगेका थिए। नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ‘ए’लाई पाकिस्तान शाहीन्सले ७९ रनले हराएको थियो। आज दुबै टोली पहिलो जितको खोजीमा हुनेछ।

बंगलादेश ‘ए’ गत सिजनको उपविजेता टोली हो र यसमा अन्तर्राष्ट्रिय अनुभव बटुलिसकेका तथा हालैको बंगलादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू रहेका छन्।

२४ अगस्टसम्म डार्विन र पामरस्टनमा सञ्चालन हुने प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीसहित ११ टोलीले कुल ३६ लिग खेल खेल्नेछन्। नेपालले यसपछि मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्ने तालिका छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट