Techie IT
२०८२ भाद्र ६, शुक्रबार

भारतको निर्णयपछि एसिया कपमा भारत–पाकिस्तान प्रतिस्पर्धा पक्का


एसिया कपमा भारत–पाकिस्तान भिडन्तको बाटो खुलेको छ ।

भारत सरकारले बहुराष्ट्रिय प्रतियोगितामा पाकिस्तानसँग खेल्न प्रतिबन्ध नभएको जनाएको छ । तर, द्विपक्षीय शृङ्खलामा भारतको अडान यथावत रहने पनि भारतको खेलकुद मन्त्रालयले जनाएको छ। खेलकुद मन्त्रालयका एक अधिकारीका अनुसार अन्तर्राष्ट्रिय कार्यक्रमहरूको लागि भारतको नीतिको व्याख्या गरिएको छ।

यस अनुसार भारतीय टोलीले पाकिस्तानमा हुने प्रतियोगितामा भाग लिने छैनन्, न त पाकिस्तानी टोलीलाई भारतमा खेल्न दिइनेछ। यी दुई देशको खेल अन्यत्र देशमा खेल्नु पर्नेछ । तर, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय प्रतियोगिताहरूमा (चाहे भारतमा होस् वा विदेशमा) भारतले अन्तर्राष्ट्रिय खेलकुद संस्थाको नियम र आफ्ना खेलाडीहरूको हितलाई ध्यानमा राखेर निर्णय गर्नेछ। ती अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भारतीय टोली र भारतीय खेलाडी सहभागी हुनेछन्, जसमा पाकिस्तानको टोली र खेलाडी पनि समावेश हुनेछन् ।

साथै, भारतमा आयोजना हुने बहुराष्ट्रिय प्रतियोगितामा पाकिस्तानका टोली र खेलाडीले पनि सहभागी हुन पाउने भएका छन् ।

गत १९ अगस्टमा बीसीसीआईले एसिया कपमा सहभागी हुने भारतीय टोलीको घोषणा गरेको थियो । पहलगाममा भएको आतंकवादी हमला पछि भारतले क्रिकेट एसिया कपमा पाकिस्तानसँग नखेल्ने भनेर अडान लिइरहेको थियो । साथै, पूर्व क्रिकेटरहरूको भारतीय टोलीले विश्व च्याम्पियनसिप अफ लिजेन्ड्सले पनि पाकिस्तानसँग खेल्न अस्वीकार गरेको थियो।

यो वर्ष क्रिकेट एसिया कपको आयोजक भारत हो । पाकिस्तानले भारतमा खेल्न अस्वीकार गरे पछि युएईमा आयोजना हुँदैछ । प्रतियोगिता सेप्टेम्बर ९ देखि सुरु हुनेछ। टीम इन्डियाको पहिलो खेल सेप्टेम्बर १० मा युएईसँग हुनेछ।

एसिया कपमा भारत र पाकिस्तानबीच ३ खेल हुन सक्नेछन् । पहिलो खेल १४ सेप्टेम्बरमा दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । दोस्रो खेल भने एसिया कपमा लिग चरणपछि सुपर–४ राउण्ड हुनेछ। सेप्टेम्बर २१ मा भारत र पाकिस्तान सुपर–४ राउण्डमा पुग्दा भारत र पाकिस्तानबीच दोस्रो खेल हुनसक्छ ।

तेस्रो खेल चाँही यदि दुवै टोली फाइनलमा पुगे भने एसिया कपको तेस्रो खेल २८ सेप्टेम्बरमा भारत र पाकिस्तानबीच हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट