Techie IT
२०८२ कार्तिक २२, शनिबार

सन्दिपले लिए पाँच विकेट, ४१ रनले नेपाल बिजयी


लेगस्पिनर सन्दीप लामिछानेको ह्‍याट्रिकसहितको शानदार बलिङ प्रदर्शनपछि नेपाली क्रिकेट टोलीले अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध पहिलो अभ्यास टी–२० खेलमा ४१ रनको जित हात पारेको छ।

१७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमै १३६ रनमा अलआउट भयो। एसीटीका लागि जेक स्मिथले ५० रन, जाक केघले २५ रन र काइ ब्रंकरले अविजित २६ रन बनाएका थिए ।

नेपालका लागि सन्दीपले ४ ओभरमा ३१ रन खर्चिँदै ५ विकेट लिए भने करण केसीले २ विकेट दिलाए। कुशल भुर्तेल र रुपेश सिंहले समान १–१ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। ओपनर आसिफ शेखले ३८ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रनको पारी खेले। कप्तान रोहित पौडेलले ३६ रन जोडेका थिए ।

नेपालले यो खेल सकिएलगत्तै आजै दोस्रो टी–२० खेल्नेछ । त्यसपछि २८ र ३० अगस्टमा साउथ अष्ट्रेलियाविरुद्ध दुई टी–२० र एक वान डे खेल निर्धारित छ ।

आगामी विश्वकप छनोटका तयारीका लागि अष्ट्रेलिया भ्रमणलाई नेपाली टोलीले विशेष महत्वका साथ लिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट