Techie IT
२०८२ कार्तिक २२, शनिबार

ऐरीको वरीयता घटुवा


नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउन्डर वरीयतामा एक स्थान तल झरेका छन्।

यसअघि दोस्रो स्थानमा रहेका ऐरी मंगलबार सार्वजनिक भएको अद्यावधिक वरीयतामा तेस्रो स्थानमा पुगेका छन्।

उनको स्थानमा अफगानिस्तानका मोहम्मद नाबी दोस्रो स्थानमा उक्लिएका छन्। वेस्टइन्डिजका रोस्टन चेज चौथो स्थानमा यथावत् छन् भने शीर्ष स्थानमा भारतका हार्दिक पाण्ड्या यथास्थितिमा रहेका छन्।

त्यस्तै, पाकिस्तानका साम अयुब १४औँ स्थानबाट उक्लिँदै पाँचौँ स्थानमा प्रवेश गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट