एसीसी एसिया कप : पाकिस्तानले दियो भारतलाई १२८ रनको लक्ष्य

एसीसी एसिया कप अन्तर्गत दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले भारतलाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रन बनायो। पाकिस्तानका लागि सहिबजादा फरानले सर्वाधिक ४० रनको योगदान दिए। ४४ बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै, शाहिन्सा अफ्रिदीले ३३, फकर जमानले १७ र फहिम अश्रफले ११ रन बनाए।
भारतका बलिङतर्फ कुलदीप यादव सर्वाधिक सफल भए। उनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। त्यस्तै, अक्षर पटेल र जसप्रित बुमराहले २-२ विकेट झारे भने हार्दिक पाण्ड्या र बरुण चक्रवर्तीले १-१ विकेट लिएका थिए ।
आजको खेलमा दुबै टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्। दुबै टोलीले प्रतियोगितामा आफ्नो पहिलो खेलमा जित हात पारेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस