Techie IT
२०८३ भाद्र २६, शुक्रबार

वेस्ट इन्डिजविरूद्ध दोस्रो खेलमा नेपालले रोज्यो ब्याटिङ


वेस्ट इन्डिजविरूद्धको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। सोमबार संयुक्त अरब इमिरेट्स (युएई) को शारजाहमा भएको टसमा नेपालले ब्याटिङ रोजेको हो।

नेपालले यसअघि शनिबार वेस्ट इन्डिजविरूद्ध पहिलो पटक आइसीसीको पूर्ण सदस्य राष्ट्रसँग जित हासिल गरेको थियो।

यस सिरिजका लागि वेस्ट इन्डिजले पाँच नयाँ खेलाडीलाई राष्ट्रिय टोलीमा स्थान दिएको छ। अनुभवी खेलाडीलाई आराम दिँदै नेपालका खेलाडीहरूले आफ्नो क्षमता देखाउने अवसर पाउनेछन्।

सिरिजपछि नेपाली टोली ओमानमा विश्वकप छनोट खेल्न जानेछ। ओमानमा नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। समूहबाट शीर्ष दुई टोली सुपर–६ मा पुग्नेछन्।

सुपर–६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपाल अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ।

ओमानमा तीन समूहमा कुल नौ टोली प्रतिस्पर्धा गर्दैछन्। अन्य समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी र सामोआ रहेका छन्। प्रत्येक समूहका शीर्ष २–२ टोली सुपर–६ मा प्रवेश गर्नेछन्। सुपर–६ को शीर्ष ३ टोलीले नेपाललाई लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा स्थान दिलाउनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट