Techie IT
२०८२ मंसिर २२, सोमबार

टी–२० विश्वकप छनोटमा नेपालद्वारा जापान पराजित


टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट प्रतियोगितामा नेपालले जापानलाई पराजित गरेको छ।

ओमानमा शुक्रबार सम्पन्न खेलमा टस हारेर बलिङ गरेको नेपालले जापानलाई १३१ रनमै रोकेको थियो । त्यसपछि १३२ रनको लक्ष्य नेपालले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गरेको छ ।

नेपालका ओपनर आशिफ शेखले ३८ रनको योगदान दिए भने कुशल भुर्तेलले २१ रन जोडे। गुल्सन झाले अविजित २८ रन प्रहार गर्दै टोलीलाई जितसम्म पुर्‍याएका थिए ।

बलिङतर्फ जापानका शोमा स्लेटरले २ विकेट लिए। यसअघि जापानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन बनाएको थियो। कप्तान केन्डेल काडोवाकी फ्लेमिङले ६० तथा इसाम रहमानले ३१ रनको योगदान दिए।

नेपालका बलर सन्दीप लामिछाने र ललित नारायण राजवंशीले समान २–२ विकेट लिएका थिए ।

जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो। यसअघि नेपालले कुवेतलाई पराजित गरेको थियो। नेपाल यो खेलअघि नै सुपर सिक्स चरणमा प्रवेश गरिसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट