Techie IT
२०८२ कार्तिक ३०, आइतबार

टी–२० विश्वकप छनोटमा आज नेपाल र कतार आमनेसामने


ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ।

ओमान क्रिकेट एकेडेमीमा सोमबार राति ८:४५ बजे नेपाल र कतारबीच खेल हुनेछ।

नेपालले शीर्ष–६ चरणको दोस्रो खेल खेल्न लागेको हो। समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गर्दै शीर्ष–६ मा पुगेको नेपालले पहिलो खेलमा आइतबार संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एक रनको रोमाञ्चक जित निकालेको थियो।

सो जितसँगै नेपालको अंक ४ पुगेको छ, जुन शीर्ष स्थानमा रहेको ओमानकै बराबरी हो। युएईमाथिको जितपछि नेपालको विश्वकपमा छनोट हुने सम्भावना थप बलियो बनेको छ।

नेपालले दोस्रो खेलमा सोमबार कतारसँग प्रतिस्पर्धा गर्नेछ भने तेस्रो खेल बुधबार घरेलु टोली ओमानसँग हुनेछ। अन्तिम खेलमा नेपालले शुक्रबार सामोआसँग भिड्ने तालिका छ।

सुपर–६ चरणका शीर्ष तीन टोलीले आगामी वर्ष फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आइसिसी टी–२० विश्वकप २०२६ मा स्थान पाउनेछन्।

नेपाल शीर्ष तीनमा परे लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी–२० विश्वकपका लागि छनोट हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट