Techie IT
२०८२ असोज ३०, बिहीबार

नेपालले दियो ओमानलाई १ सय ५२ रनको लक्ष्य


नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई १ सय ५२ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको हो। प्रतियोगितामा नेपालले पहिलो पटक १५० रनमाथिको स्कोर बनाएको हो।

कुशल भुर्तेल र आसिफ शेखले सानदार सुरुआत दिलाए पनि मध्य खेलमा उनिहरुले निराश बनाए । यी दुईले ८ ओभरभित्र ६१ रन जोडेका थिए। आसिफ २० बलमा २ चौका र १ छक्का प्रहार गरी २४ रनमा नदिम खानको बलमा बोल्ड भयो ।

नदिमले कप्तान रोहित पौडेललाई १ रनमै राउन्ड द लेगमा बोल्ड गरे। उत्कृष्ट बलिङ प्रदर्शन गर्दै नदिमले नेपालको माथिल्लो चार विकेटमा चार्लिङ गरेका थिए । दीपेन्द्रसिंह ऐरी २ रनमा र कुशल मल्ल ७ रनमा आउट भएका थिए । यस प्रतियोगितामा कमजोर प्रदर्शन गरिरहेका मल्लले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १ हजार रन पूरा गरेका थिए।

आदिल आलम अन्सारीले १५ बलमा ३ छक्का प्रहार गरी १६ रन बनाए। कुशल भुर्तेलले ५१ बलमा ६९ रनको पारी खेले, जसमा ७ चौका र १ छक्का समावेश थियो। १८ औं ओभरमा एलबीडब्लु आउट भएका भुर्तेलले आफ्नो पारीको महत्वपूर्ण योगदान गरे। १९ औं ओभरमा लगातार २ छक्का प्रहार गरेका गुलशन झाले १० बलमा १८ रन जोडे। अन्तिम बलमा रनआउट भएका नन्दन यादवले ४ बलमा ९ रन बनाए भने सोमपाल कामी १ रनमा अविजित रहे।

ओमानका देव्रेहोत स्पिनर नदिमले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट लिए। सुफियान मेहबुबले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए भने जितेन रामानन्दीले ४ ओभरमा २६ रन खर्चेर २–२ विकेट लिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट