ला लिगामा आज जिरोना र ओभिएदो आमनेसामने
स्पेनिस क्लब जिरोनाले ला लिगाअन्तर्गत आज राति रियाल ओभिएदोसँग प्रतिस्पर्धा गर्नेछ। यो जिरोनाको ओभिएदोविरुद्धको पहिलो मुकाबिला हो भने दोस्रो खेल फेब्रुअरी २ मा हुनेछ।
खेल जिरोनाको घरेलु मैदान स्टाडियो म्युनिसिपल डे मोटिलिभीमा नेपाली समयअनुसार राति ५ः४५ बजे सुरु हुनेछ। दुवै टोली हाल रेलिगेशन जोनमा छन्।
ला लिगाको तालिकामा जिरोना ९ खेलबाट २ जित र ७ हारसहित ६ अंकसहित पुछारमा छ। ओभिएदोले पनि समान ९ खेलबाट १ जित, ३ बराबरी र ५ हारसहित ६ अंक जोडेको छ, तर गोल अन्तरका आधारमा १९औँ स्थानमा रहेको छ।
आजै ला लिगाका अन्य दुई खेलहरू पनि हुँदै छन्। पहिलो खेलमा स्पानियोल र इल्चे आमनेसामने हुनेछन्। यो स्पानियोलको ‘होम’ खेल हो, जसको आयोजना आरसीडीई रंगशालामा नेपाली समयअनुसार राति ८ बजे हुनेछ।
त्यस्तै, अर्को खेलमा एथ्लेटिक बिलबाओ र गेटाफे भिड्नेछन्। यो दुवै टोलीबीचको पहिलो भेट हो। खेल स्पेनको बिलबाओस्थित सान मामेज रंगशालामा नेपाली समयअनुसार राति १०ः१५ बजे सुरु हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस