Techie IT
२०८२ मंसिर २, मंगलबार

नेपाली प्रिमियर लिग २ का खेल डिशहोम गो एपबाट एक्सक्लुसिभ प्रसारण शुरु


क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट प्राप्त ओटीटी प्रसारण अधिकारको आधारमा, डिश मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका सबै ३२ खेल डिशहोमगो एप मार्फत एक्सक्लुसिभ लाइभ स्ट्रिमिङ उपलब्ध गराउने भएको छ।

आजदेखि त्रिभुवन विश्वविद्यालय मैदान, कीर्तिपुरमा सुरु भएको एनपीएल २ को प्रत्यक्ष प्रसारण केवल डिशहोमगो एप र वेबसाइटमार्फत हेर्न सकिने ब्यवस्था गरेको थियो । आज डिशहोमले ग्राहकहरुको अनुभव के कस्तो रह्यो भनेर प्रतिक्रया मागेको छ । । यस सिजन युट्युबमा स्ट्रिमिङ हुने छैन।

कम्पनीका अनुसार, खेल विना विज्ञापन हेर्न सकिनेछ । दर्शकका लागि भुक्तानी प्रक्रिया सरल र सुविधाजनक बनाइएको छ। यसमा इसेवा, खल्ती, भिसा र मास्टरकार्ड मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

मोबाइल वालेटमार्फत इसेवा र खल्ती, तथा अन्तर्राष्ट्रिय कार्डमार्फत भिसा र मास्टरकार्डबाट भुक्तानी गर्न सकिनेछ। यसरी, दर्शक जहाँ भए पनि आफ्नो मोबाइल, ल्यापटप वा टिभीबाट सुरक्षित र छिटो भुक्तानी गरेर एनपीएल हेर्न सक्नेछन्।

सब्सक्रिप्सन शुल्क यस प्रकार छ:

नेपालभित्रका दर्शकका लागि: रु ३००

मध्यपूर्व क्षेत्रका दर्शकका लागि: रु ५००

अन्य देशका दर्शकका लागि: १० अमेरिकी डलर

एकपटक सब्सक्रिप्सन लिएपछि दर्शकले सम्पूर्ण प्रतियोगिता लाइभ स्ट्रीम, पुनः-प्रसारण र अन्य सामग्री डिशहोमगोमा हेर्न सक्नेछन्।

डिशहोमगो एप एन्ड्रोइड, आईओएस, एन्ड्रोइड टिभी र वेब ब्राउजर (वेबसाइट) मार्फत उपलब्ध छ। नयाँ दर्शकले एप गुगल प्ले स्टोर र एप्पल स्टोर बाट डाउनलोड गर्न सक्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट