Techie IT
२०८२ मंसिर ५, शुक्रबार

एनपीएलमा अम्पायरिङका निर्णयम विवादमा


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। चितवनले राखेको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाउँदै जित हात पारेको हो। खेलपछि दुवै पक्षका खेलाडीहरूले अम्पायरका निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

अम्पायरिङका निर्णयमा विवाद

१४औँ ओभरको पहिलो बलमा चितवनले लुम्बिनीका कप्तान रोहितकुमार पौडेलविरुद्ध स्टम्पिङको अपिल गरेको थियो।
टेलिभिजन अम्पायर विनयकुमार झाले करिब चार मिनेट लामो समीक्षा गरेपछि रोहितलाई ‘नट आउट’ घोषित गरे। स्टम्पिङको क्रममा रोहितको खुट्टा हावामा थियो कि थिएन भन्ने विषयमा लामो समयसम्म रिभ्यू गरिएको थियो।

त्यसअघि इनिङ्सको सुरुआतमा चितवनका तीव्र गतिका बलर रिजन ढकालले एलबिडब्लूको अपिल गरेका थिए, तर अम्पायरले अस्वीकार गरे। त्यस्तै, रिजनको बलमा २८ रनमा क्याच भएका लुम्बिनीका सन्दीप जोराको wicket पछि ‘नो बल’ को लागि रिभ्यू मागिएको थियो। रिभ्यूमा रिजनले लाइन छोएको देखिए पनि टेलिभिजन अम्पायरले ‘नो बल’ नदिई क्याच आउटै कायम राखे।

अम्पायरिङ विवाद निरन्तर

बुधबारको काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीचको खेलमा पनि अम्पायरिङको प्रश्न उठेको थियो। सुदूरपश्चिमका जोश ब्राउनलाई एलबिडब्लू दिइए पनि उनको ब्याटको भित्री किनारामा बल लागेको देखिएको थियो।

चितवनका अलराउन्डर रवी बोपाराले पनि हिजो बिहिबारको खेलमा अम्पायरिङगत त्रुटि देखिएको बताए। उनले भने, “सुरुमा रिजन ढकालको एलबिडब्लू नदिँदा निराश भयौँ। आवश्यक प्रविधि हुँदाहुँदै पनि गल्ती हुनु ठीक होइन।” तर उनले अब अम्पायरिङको विवादमा बसिरहनुभन्दा खेलतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले अम्पायरको निर्णयलाई "मानवीय त्रुटि" को रूपमा लिएको बताए। उनले भने, “चितवनको ठाउँमा म भए पनि दुःख लाग्थ्यो। तर यस्तो गल्ती अन्तर्राष्ट्रिय क्रिकेटमै हुन्छ।” रोहितले अर्को सिजन डीआरएसको प्रयोगले यस्तो विवाद न्युनिकरण गर्न सकिने बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट