Techie IT
२०८२ मंसिर ७, आइतबार

NPLSeason2

विराटनगर किंग्सको लगातार दोस्रो जित, काठमाण्डु गोर्खाज ५ विकेटले पराजित

टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन बनाएको थियो


नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगर किंग्सले लगातार दोस्रो जित निकालेको छ । शनिबार टीयु क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले काठमाण्डु गोर्खाजलाई ५ विकेटले पराजित गरेको हो।

काठमाण्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ ओभर एक बलमै ५ विकेटको क्षतिमा पूरा गर्‍यो। विराटनगरका जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाए। लोकेश बाले १४, मार्टिन गुप्टिल २५, बसिर अहमद १९ र नरेन भट्टले २४ रन जोडेका थिए । शुभम रञ्जाने ६ तथा कप्तान सन्दीप लामिछाने भने ९ रनमा अविजित रहेका थिए । काठमाण्डुका शाहव आलमले २ विकेट लिए भने करण केसी, गेह्रार्ड एरामस र सन्तोष यादवले एक–एक विकेट लिएका थिए ।

टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । मोहम्मद आदिल आलमले २५ बलमा ४ चौका र २ छक्कासहित अविजित ४८ रन बनाएका थिए । वेन चाल्र्सवर्थले ३२, रिकार्डो वेस्कोन्सेलोसले ३, प्रतिक श्रेष्ठले २, गेह्रार्ड एरामसले १० तथा सन्तोष यादवले २६ रन जोडेका थिए । तर, जोन सिम्पसन ७ रनमा अविजित रहे ।

विराटनगरका मार्चेन्ट डि लिङगेले २ विकेट लिए भने शुभम रञ्जाने, सूर्य तामाङ र कप्तान लामिछानेले एक/एक विकेट हात पारेका थिए ।

पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराएको विराटनगरले आजको जितसँगै लगातार दोस्रो विजय हात पारेको हो । काठमाण्डुले भने दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराएको काठमाण्डु दोस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट