Techie IT
२०८२ फागुन २०, बुधबार

सुदूरपश्चिमले पायो १४६ रनको चुनौती, सञ्जय कृष्णमूर्तिले बनाए सर्वाधिक ५० रन


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको छ। यससँगै सुदूरपश्चिम रोयल्सका लागि जितका लागि १४६ रनको लक्ष्य कायम भएको छ।

जनकपुरका सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५० रन योगदान दिए भने जान लफ्टी इटनले ३९ रन जोडेका थिए । ३५–३ को अवस्थाबाट कृष्णमूर्ति र इटनले उत्कृष्ट साझेदारी गर्दै टोलीको इनिङ्स सम्हालेका थिए।

सुदूरपश्चिमका बलरमध्ये अविनाश बोहराले ४ विकेट लिएका थिए । त्यस्तै स्कट कुगेलेइनले ३ विकेट तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट आफ्नो नाममा थप्न सफल रहे ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट