Techie IT
२०८२ मंसिर १७, बुधबार

एनपिएल सिजन–२ : पाँचौं हारसँगै याक्सको यात्रा टुंगियो


नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को प्लेअफ दौडबाट कर्णाली याक्स बाहिरिएको छ। आज मंगलबार भएको आफ्नो छैटौँ खेलमा कर्णाली पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको हो।

छैटौँ खेलसम्म आइपुग्दा कर्णालीले जम्मा एक खेलमा मात्र जित निकाल्दै प्लेअफबाट बाहिरिने पहिलो टोली बनेको छ। पाँचौं जित दर्ता गरेको पोखरा एभेन्जर्सले भने प्लेअफको सम्भावना कायम राख्न सफल भएको छ ।

पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याउन उतरेको कर्णाली १९ ओभरमै १६७ रनमा समेटियो। कर्णालीका ओपनर मार्क वाटले ५९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। अन्य खेलाडीहरू प्रियांक पञ्चाल १६, जयकिशान कोल्शावाला ६, पवन सर्राफ १९, नजिबुल्लाह जद्रान २४, गुल्सन झा ९, कप्तान सोमपाल कामी १३, दीपेन्द्र रावत १०, विपिन शर्मा शून्य र युनिष सिंह ठकुरी एक रनमा आउट भएका थिए । नन्दन यादव ३ रनमा अविजित रहे।

बलिङमा पोखराका ऋषि धमला र धनन्जय लक्षनले तीन–तीन विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए । किरण ठगुन्ना, सन्दीप क्षेत्री र कप्तान कुशल भुर्तेलले एक - एक विकेट हात पारे।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २०१ रन बनाएको थियो। पोखराका ओपनर एडम रोसिङ्टनले ५८ बलमा १०८ रनको अविजित शतक प्रहार गरे। जेसोन रोय ४६ रनमा आउट भए भने कप्तान कुशल भुर्तेल १८ रनमा पेलिए। धनन्जय लक्षन २३ रनमा अविजित रहे। कर्णालीका मार्क वाट र गुल्सन झाले एक-एक विकेट लिएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट