रोहित बने सर्वोत्कृष्ट खेलाडी, कस्ले के पाए पुरस्कार हेर्नुहोस्
लुम्बिनी लायन्सका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। लुम्बिनीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका ट्रम्पलमनले प्रतियोगिताभर १५ विकेट लिनुका साथै ६५ रन बनाएका थिए । सर्वोत्कृष्ट खेलाडीको रूपमा उनले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। फाइनल खेलका प्लेयर अफ द म्याच पनि ट्रम्पलमन नै घोषित भए।
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल प्रतियोगिताका उत्कृष्ट ब्याटर तथा सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भए। उनले प्रतियोगितामा २७६ रन बनाउनुका साथै १० विकेटसमेत लिए। उत्कृष्ट ब्याटरको रूपमा पल्सर बाइक र सर्वोत्कृष्ट नेपाली खेलाडीको रूपमा ओमोडा कार पुरस्कार पाएका छन् ।
विराटनगरका कप्तान सन्दीप लामिछाने प्रतियोगिताका उत्कृष्ट बलर घोषित भए। उनले प्रतियोगितामा १७ विकेट लिएर पल्सर बाइक प्राप्त गरेका छन् । लुम्बिनी लायन्सकै शेर मल्ल उत्कृष्ट उदीयमान (इमर्जिङ) खेलाडी घोषित भए। शेरले पनि १७ विकेट लिँदै पल्सर बाइक पुरस्कार जिते।
यस्तै, रेडबुल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित भए। उनले १७ विकेट लिँदै संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडी बने। लुम्बिनी लायन्सका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ। शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस