Techie IT
२०८२ पौष ६, आइतबार

यू–१९ एसिया कपको फाइनलमा आज भारत र पाकिस्तान आमनेसामने


दुवईमा जारी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ। एसियाली क्रिकेटका दुई चिरप्रतिद्वन्द्वीबीचको यो बहुप्रतीक्षित भिडन्त आइतबार बिहान १०:४५ बजे दुवईस्थित आईसीसी क्रिकेट मैदानमा सुरु हुँदैछ।

पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई आठ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। त्यसैगरी दोस्रो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई समान आठ विकेटले हराउँदै उपाधि भिडन्तमा स्थान बनाएको हो।

आठ टिम सहभागी यस प्रतियोगितामा समूहचरणबाट यूएई, अफगानिस्तान, नेपाल र मलेसिया बाहिरिएका थिए। प्रतियोगिताले एसियाली यू–१९ क्रिकेटको उदीयमान प्रतिभा उजागर गर्ने महत्वपूर्ण मञ्चको रूपमा लिइँदै आएको छ।

भारत र पाकिस्तानबीचको फाइनल खेललाई क्रिकेट समर्थकहरूले उच्च चासोका साथ हेरिरहेका छन्, किनकि दुवै टोली अहिलेसम्म प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै आएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट