Techie IT
२०८२ पौष ६, आइतबार

पाकिस्तान बन्यो यू–१९ एसिया कप च्याम्पियन, भारत १९१ रनले पराजित


पाकिस्तानले भारतलाई फराकिलो अन्तरले पराजित गर्दै यूएईमा सम्पन्न एसिसी यू–१९ एसिया कपको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा पाकिस्तानले भारतलाई १ सय ९१ रनले हराउँदै उपाधि हात पारेको हो ।

पाकिस्तानले दिएको ३ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको भारत २६ ओभर २ बलमै १ सय ५६ रनमा अलआउट भयो । भारतका लागि ओपनर वैभव सूर्यवंशीले सर्वाधिक २६ रन बनाए । अन्य कुनै पनि ब्याटर क्रिजमा टिक्न सकेनन् ।

बलिङतर्फ पाकिस्तानका अली राजाले ३ विकेट लिए भने मोहमद सायान, अब्दुल शुभन र हुजैफा हसनले समान २–२ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रनको विशाल योगफल तयार गरेको थियो । पाकिस्तानका लागि सीमर मिन्हासले उत्कृष्ट शतक प्रहार गरे । उनले ११३ बलमा १ सय ७२ रन बनाए ।

त्यसैगरी हमेद हुसेनले ५६ रनको महत्वपूर्ण योगदान दिए । बलिङतर्फ भारतका दीपेश देवेन्धरनले ३ विकेट लिए भने हेलिन पटेल र खिलान पटेलले समान २–२ विकेट लिएका थिए ।

यस प्रतियोगितामा नेपाल भने एक खेल पनि जित्न नसकी समूह चरणबाट बाहिरिएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट