Techie IT
२०८३ असार २३, मंगलबार

यु–१६ बद्री कुन्ता मेमोरियल: रोहित आउजीको पाँच गोल, सङ्घर्ष गोदावरी विजयी


धनगढी रङ्गशालामा जारी बद्री कुन्ता मेमोरियल यु–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा सङ्घर्ष क्लब गोदावरी र फारवेष्ट पशुपति युवा क्लब धनगढी विजयी भएका छन्।

शनिबार सम्पन्न पहिलो खेलमा सङ्घर्ष क्लब गोदावरीले भजनी क्लब भजनीलाई १२–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ। पहिलो हाफमा ४ गोल गरेको सङ्घर्ष क्लबले दोस्रो हाफमा थप ८ गोल गर्दै भजनीमाथि दबाब कायम राख्यो।

सङ्घर्ष क्लबको जितमा दुई खेलाडीले ह्याट्रिक पूरा गरे। रोहित आउजीले ह्याट्रिकसहित पाँच गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे र उनी ‘म्यान अफ द म्याच’ घोषित भए। त्यस्तै, राजेश नेपालीले पनि ह्याट्रिक गोल गरे।

शनिबार नै सम्पन्न दोस्रो खेलमा फारवेष्ट पशुपति युवा क्लब धनगढीले बर्दगोरिया स्पोटर्स एन्ड इभेन्ट्सलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। फारवेष्ट पशुपतिले दुवै गोल पहिलो हाफमै गरेको थियो।

खेलको तेस्रो मिनेटमै प्रदीप बिस्टले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने पहिलो हाफको ४५औँ मिनेटमा कप्तान अमिर सिंहले गोल गर्दै अग्रता दोब्बर बनाए। कप्तान अमिर सिंह ‘म्यान अफ द म्याच’ घोषित भए।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि गोल गर्न नसक्दा बर्दगोरिया स्पोटर्स एन्ड इभेन्ट्स प्रतियोगिताबाट बाहिरिएको छ। कैलाली जिल्ला फुटबल सङ्घको आयोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाका सबै स्थानीय तहका क्लबहरूको सहभागिता रहेको छ।

पौष २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै, विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट